Skip to main content
अर्थतन्त्रBizmandu

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता

Read the full story at Bizmandu

काठमाडौं । भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ। सम्झौताको मुख्य उद्देश्य हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा आबद्ध गरी अनलाइन माध्यमबाट सेवा उपलब्ध गराउनु रहेको बताइएको छ।

यसबाट सम्बन्धित व्यवसायी तथा सेवाग्राहीले सिफारिसका लागि विभिन्न निकायमा भौतिक रूपमा धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। सम्झौता अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक बेव सर्भिसेस उपलब्ध गराएर भन्सार विभागको प्रणालीसँग सूचना आदानप्रदान तथा एकीकरण गर्नेछ। साथै, सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, युजर म्यानेजमेन्ट, तथ्यांकको सुरक्षा तथा प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

त्यसैगरी, भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणालीमार्फत प्राप्त हुने प्राधिकरणका सिफारिस तथा अनुमतिसम्बन्धी विवरणको उपयोग गरी आयात–निर्यातसम्बन्धी भन्सार प्रक्रिया अघि बढाउने जनाइएको छ। प्रणालीको प्रभावकारी संचालनका लागि दुवै निकायले आवश्यक प्राविधिक समन्वय र सूचना आदानप्रदानको व्यवस्था गर्नेछन्।