Skip to main content
वातावरणSetopati

चितवनका रवि बोपाराको अर्धशतक खेर, काठमाडौं १० रनले विजयी हुँदै शीर्ष स्थानमा

Read the full story at Setopati

चितवनका रवि बोपाराको अर्धशतक खेर, काठमाडौं १० रनले विजयी हुँदै शीर्ष स्थानमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो। जितसँगै काठमाडौं पाँच खेलबाट आठ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। काठमाडौंले प्लेअफ यात्रा पनि बलियो बनाएको छ। पाँच अंक रहेको चितवन भने चौथो स्थानमा छ। लक्ष्य पछ्याउने क्रममा चितवनले आक्रामक सुरुवात गरेको थियो।

ओपनर कमिल मिलसाराले ११ बलमा २८ रन बनाए। उनले ३ छक्का र १ चौका प्रहार गरे। अर्जुन साउदले २१ बलमा २३ रन जोडे। पहिलो विकेटका लागि यी दुईले ४.६ ओभरमा ४८ रनको साझेदारी गरे। तेस्रो विकेटका लागि रवि बोपारा र डान मोस्लीले ५५ रनको साझेदारी गर्दै चितवनको इनिङ्स सम्हाल्ने प्रयास गरे। मोस्लीले ३२ बलमा २९ रन बनाए। उनी १३.१ ओभरमा १०७ रन हुँदा आउट भए।

बोपाराले एकतर्फबाट आक्रामक ब्याटिङ जारी राखे। उनले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रन बनाए। तर, १९.२ ओभरमा उनी आउट भएपछि चितवनको जितको सम्भावना कमजोर बन्यो। काठमाडौंका लागि साहन अरागिचेले २ विकेट लिए। उनले ४ ओभरमा ३७ रन खर्चिए। यस्तै, करण केसी, जहानदाद खान, सन्तोष यादव र गणेश गौतमले समान १ विकेट लिए। काठमाडौंका लागि राशिद खानले ३० बलमा २ चौका र ४ छक्कासहित ५२ रन बनाए।