नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, कहिले खुल्छ आवेदन?
Read the full story at Bizmandu

काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङले नयाँ म्युचुअल फण्डको इकाइ निष्कासन गर्ने भएको छ। क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ग्रोथ फण्डको इकाइ मंसिर ९ गतेदेखि निष्कासन गर्ने भएको हो। अंकित मूल्य १० रुपैयाँ दरको १० करोड इकाइले हुन आउने १ अर्ब रुपैयाँ आकारको नबिल ग्रोथ फण्डमा लगानीकर्ताले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्।
ढिलोमा मंसिर २३ गतेसम्म इकाइ निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। कुल १० करोड इकाइमध्ये १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ कोष प्रवर्धक नबिल बैंकका लागि छुट्याइएको छ। यस्तै, योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई १ प्रतिशतले हुन आउने न्यूनतम १० लाख इकाई सुरक्षित राखिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।
नबिल ग्रोथ फण्ड १० वर्ष अवधिको बन्दमुखी योजना हो। लगानीकर्ताले १०० देखि १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। The post नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, कहिले खुल्छ आवेदन? appeared first on BIZMANDU .
More business
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नागढुंगा-मुग्लिन सडकमा नयाँ डिजाइन नहुँदा काम प्रभावित, आकाशे पुल बनाउन स्थानीयको अवरोधBizmandu
- महालक्ष्मी विकास बैंकद्वारा ७.४८ प्रतिशत लाभांश घोषणाDC Nepal
- माइक्रोसफ्टका सेवाहरूमा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासोDC Nepal