नागढुंगा-मुग्लिन सडकमा नयाँ डिजाइन नहुँदा काम प्रभावित, आकाशे पुल बनाउन स्थानीयको अवरोध
Read the full story at Bizmandu

काठमाडौं। उपत्यकाको लाइफलाइन नागढुंगा-मुग्लिन सडक आगामी असारसम्म कालोपत्रे गर्ने लक्ष्य राखिएकामा गत भदौ- असोजको बाढीपहिरोले पुर्याएको क्षतिका कारण प्रभावित हुने देखिएको छ। नागढुंगा-मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत बाढीले क्षति पुर्याएका स्थानमा नयाँ डिजाइन तयार नभएका कारण असारसम्म कालोपत्रे सक्ने लक्ष्य प्रभावित हुने देखिएको हो। बजार क्षेत्रमा प्रस्तावित १५ वटा आकाशे पुल निर्माणमा स्थानीयको विरोधले पनि आयोजना प्रभावित हुने देखिएको छ।
बाढीले क्षति पुर्याएका स्थानमा नयाँ डिजाइन तयार नभएका कारण अहिले निर्माण व्यवसायीले पूर्ण क्षमतामा काम गर्न पाएका छैनन्। विशेषगरी कृष्णभिर, धारापानी र शीतलबजार क्षेत्रमा सडकको नयाँ डिजाइन तथा निर्माण विधिबारे निर्णय हुन बाँकी छ। निर्माण व्यवसायी रमेश शर्माका अनुसार बाढीले क्षति पुर्याएका सडकको पुनर्निर्माण कसरी गर्ने भन्ने टुंगो नलागेसम्म पूर्ण क्षमतामा काम गर्न कठिन छ। त्यसका लागि डिजाइन र भेरिएसन अर्डर (भीओ) स्वीकृत गर्नुपर्छ।
‘कृष्णभिर, शितलबजार, धारापानी, परेवाभिरलगायत बाढी पहिरोले क्षति पुर्याएका र अस्थायी सडक बनाइएका स्थानमा के गर्ने भन्ने निर्णय हुनुपर्छ। अहिलेसम्म आयोजनामा करिब १५ प्रतिशतसम्म भेरिएसन भइसकेको छ,’ शर्माले भने। मलेखुदेखि मुग्लिनसम्म ७/८ स्थानमा बाढीले सडकमा क्षति पुर्याएको छ। गजुरीदेखि मलेखुसम्म सडक भासिएका विभिन्न स्थान छन्।
More business
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- साविक विजेता लुम्बिनी प्लेअफमा, कर्णालीलाई कठिनNepal Khabar
- राशिफल २७ कात्तिक : कर्कटको प्रेममा मधुरता छाउने, वृश्चिकको रोकिएका काम सुचारु हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- नबिल इन्भेष्टमेन्ट बैंकिङले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, कहिले खुल्छ आवेदन?Bizmandu
- महालक्ष्मी विकास बैंकद्वारा ७.४८ प्रतिशत लाभांश घोषणाDC Nepal
- माइक्रोसफ्टका सेवाहरूमा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासोDC Nepal