मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते
Read the full story at Nagarik News

मध्य जापानमा आइतबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा २४ जना घाइते भएका छन् भने भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा प्रभावित भएको छ। जापानका अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले भूकम्पबाट भएको क्षतिबारे जानकारी दिएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।
भूकम्पबाट अहिलेसम्म कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन। तर विभिन्न स्थानमा पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र र्याकमा राखिएका सामान भुइँमा खसेका छन्। आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार त्यहाँ १६ जनालाई सामान्य चोटपटक लागेको जानकारी प्राप्त भएको छ। छिमेकी सिजुओका क्षेत्रका अधिकारीले कम्तीमा तीन महिला उपचारका लागि अस्पताल पुगेको बताएका छन्। तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो।
स्थानीय पत्रिका चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचारमार्फत आइची र सिजुओका क्षेत्रमा कम्तीमा २४ जना घाइते भएको जनाएका छन्। आइचीको तोयोहासी सहरमा एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन्। त्यस्तै, टोयोटा सहरको ठूलो पुस्तक पसलमा दराजबाट किताब तथा अन्य सामान खसेका छन्।
More environment
- सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्धNepal Khabar
- कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, क्षतिपूर्ति मागNepal Khabar
- भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा एक खर्ब ३२ अर्ब बराबर क्षतिOnlinekhabar (Nepali)
- एनपीएल अब ‘बिजनेस एन्ड’ तर्फ, कसको प्लेअफ सम्भावना कति ?Onlinekhabar (Nepali)
- Delhi Air Quality Turns 'Very Poor' On Diwali, To Turn 'Severe' TomorrowNDTV
- Cop31 must deliver climate progress that people can see is real, host saysThe Guardian