समयान्तर–विषयान्तर–रूपान्तर
Read the full story at Onlinekhabar (Nepali)

आज २० अक्टोबर ! सन् २०२६ ! म अमेरिकाको मरुभूमि सहर लस भेगासमा छु । २३ डिग्री सेल्सियस तापक्रममा म ल्यापटपको किबोर्डमा अक्षर चलाइरहेछु । यसलाई शब्दमा उतार्दा आज दसैँको टीका भनेर पण्डित राजेन्द्र खनालले सन्देश पठाएका छन् । केही वर्षयता दसैँको टीकाको दिनलाई लिएर विवाद छ, मतभेद छ । नेपालमा भोलि छ टीका । दसैँ मनाउने मूल देशमा भोलि, अमेरिकामा आज किन भन्दै तीव्र असन्तुष्टि देखाउनेहरू पनि छन् । आजै टीका लगाउने पनि छन् ।
भोलि पर्खने पनि छन् । तर मूल कुरा देश–परदेशमा दसैँ आएको छ । मूलधारको एक मिडियाले लेखेको छ, ‘होल्डिङ सेन्टरका सुकुमवासीको निरस दसैँ : फर्सी खाएर मनाउँदैछन् । ’ समाचार दिक्कलाग्दो छ । तर समाचारभित्रका यी हरफले भने सन्तोष भयो, ‘दसैँमा दुई छाक कुखुराको मासु र एक छाक खसीको मासु खुवाएको थियो । आज फर्सी खायौँ । ’ कुनै समय थियो, मानिस परदेश जाने कुरालाई ठूलै कुरा ठान्थे । पल्लो गाउँ जाने कुरै ठूलो हुन्थ्यो । सहर जाने कुरा झन् ठूलो ।
राजधानी अर्थात् नेपाल सहर जाने कुरा त कता हो कता ठूलो । तर चाडपर्वहरू रोकिन्छन्, आफ्नै परम्परामा । रीतिथितिमा । पानी जमेर हिउँ बन्छ । हिउँ जमेर कालापत्थर बन्छ । रोकिनुको नियतिले ती कालापत्थर बनेका हुन् । बगेका भए सागर पुग्ने थिए र नुनिलो आँसु बन्थे ।
More politics
- इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावनाNepal Khabar
- राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar