सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो
Read the full story at Onlinekhabar (Nepali)

गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ । १८ कात्तिक, काठमाडौं । एक वर्ष अवधिमा संघीय सरकारको बेरुजु १० अर्ब रुपैयाँभन्दा माथि रहेको आन्तरिक लेखा परीक्षणबाट देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
आव २०८१/८२ मा आन्तरिक लेखा परीक्षणबाट ९ अर्ब २४ करोड रुपैयाँ बेरुजु देखिएको थियो । गत आव बेरुजु १ अर्ब ४४ करोड १५ लाख रुपैयाँले बढेको छ । कार्यालयका अनुसार अहिले सरकारी कारोबारको लेखा परीक्षण र आन्तरिक नियन्त्रण प्रणाली विगतको तुलनामा कसिलो र प्रभावकारी बनेको छ । यति हुँदाहुँदै बेरुजु रकम बढ्नुमा विनियोजित बजेटको दायरा बढ्नु एक कारण रहेको महालेखाको भनाइ छ ।
यसबाहेक गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ । यसबाहेक कर्मचारीबाट हुने नियमित त्रुटि, प्रक्रियागत भुल र असावधानीले समेत बेरुजु वृद्धि भएको महालेखा नियन्त्रकको कार्यालयको विश्लेषण छ । कार्यालयका अनुसार गत आवमा विनियोजन, राजस्व, धरौटी तथा कार्य सञ्चालन कोषको कारोबारको परीक्षण गरिएको थियो ।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar