Skip to main content
समाजNagarik News

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

Read the full story at Nagarik News

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले अमेरिकामा ममता काफ्लेको परिवारसँग भेट गरेकी छन्। उनले ममताकी आमा गीता काफ्ले, दाइ महेश काफ्ले र छोरी नीमासँग भेट गरेकी हुन्। सामाजिक सञ्जालमार्फत भेटघाटको जानकारी दिँदै समीक्षाले विशेषगरी सानी नीमालाई देख्दा मन भारी भएको बताएकी छन्। ‘आज ममता दिदीको ममी, दाइ र प्यारी नानी नीमासँग भेट्ने अवसर मिल्यो। भेटघाट निकै भावुक रह्यो।

विशेषगरी सानी नीमालाई देख्दा मन झन् भारी भयो। यति सानो उमेरमा कति धेरै कुरा जानेकी, कति बुझ्ने र कति प्यारी रहिछिन्’, उनले लेखेकी छन्। परिवारसँग समय बिताउँदा ममताको धेरै सम्झना आएको बताउँदै समीक्षाले ममताको आत्माले चिरशान्ति पाओस् र परिवारले कठिन समय पार गर्ने शक्ति पाओस् भन्ने कामना गरेकी छन्। उनले नीमाको जीवनमा सधैँ माया, साथ र खुसी मिलोस् भन्दै शुभकामना पनि दिएकी छन्। यसैबीच, अमेरिकामा ममता मृत्यु प्रकरणमा उनका पति नरेश भट्टविरुद्धको मुद्दा सुनुवाइको अन्तिम चरणमा पुगेको छ।

नोभेम्बर ९ मा मुद्दाको १८औँ दिनको सुनुवाइका क्रममा प्रतिरक्षा पक्षले आफ्नो बयान र साक्षी प्रस्तुत गर्ने काम सकेको थियो। त्यसपछि अभियोजन पक्षले पुनः साक्षी बोलाएको थियो। अदालतमा बयान दिने क्रममा नरेशले ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका छन्। तर, उनले हत्या गरेको आरोप अस्वीकार गर्दै ममताले विष सेवन गरेर आत्महत्या गरेको दाबी गरेका छन्।