१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद
Read the full story at Nagarik News

उपत्यकाअन्तर्गत भक्तपुरका दुई स्थानबाट २४ जना पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका-७ बागेश्वरी पकरीटोलबाट ३३ वर्षीय दिपेश लामिछानेसहित १५ जनालाई ९७ हजार रूपैयाँ र ४ बुक ताससहित जिल्ला प्रहरी परिसर भक्तपुरले मंगलबार बिहान पक्राउ गर्यो। यस्तै मध्यपुर थिमि-३ एसएस चोक नजिकबाट २६ वर्षीय सुजन तामाङसहित ९ जना ९९ हजार १५० रूपैयाँसहित प्रहरी वृत्त ठिमीबाट पक्राउ परे।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६ टनागाउँबाट ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई ५६ हजार ५४० रूपैयाँ र ६ बुक ताससहित प्रहरी प्रभाग बुढानिलकण्ठले नियन्त्रणमा लियो। झापाका दुई स्थानबाट २२ जना पक्राउ परेका छन्। कमल गाउँपालिका-५ टुक्रेस्थित ४५ वर्षीया गिता भट्टराईको घरबाट गितासहित १२ जना १ लाख १८ हजार २०० रूपैयाँ र ५ बुक ताससहित तथा दमक-१० बाट ५४ वर्षीय काजिम थापासहित १० जना ८९ हजार ७१० रूपैयाँ र १५ थान कौडासहित इलाका प्रहरी कार्यालय दमकको टोलीबाट पक्राउ परे।
चितवनका तीन स्थानबाट १५ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका-७ स्थित ३८ वर्षीय डिलाराम चालिसेको घरबाट डिलारामसहित ७ जनालाई ३ लाख ३७ हजार ४८० रूपैयाँ र १ बुक ताससहित जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गर्यो।
More society
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar
- लमजुङमा कार्यरत प्रहरी सहायक हबलदार मकवानपुरमा मृत भेटिएNepal Khabar
- नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्यालNepal Khabar
- ठुलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमाNagarik News
- Malaysian court clears final hurdle for former PM Najib Razak's transfer to house arrestThe Hindu