सहिदभूमिमा कात्तिक २८ तथा मंसिर १३ र १४ गते सार्वजनिक बिदा
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो ।
विसं २०३६ सालमा तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्लामा भएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय सहिदहरुको स्मृति दिवसका अवसरमा कात्तिक २८ गते बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, सहिदभूमि गाउँपालिकाको आँखिसल्ला, खोकु र छिन्ताङ क्षेत्रमा बसोबास गर्ने राई समुदायले विशेष रुपमा मनाउने मौलिक पर्व बाडाङ्मीको अवसरमा मंसिर १३ गते र १४ गते पनि स्थानीय बिदा दिइने भएको छ । गाउँपालिकाले विदा दिएका दिन गाउँपालिका सहित वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र सरकारी तथा गैरसरकारी संघसंस्थामा बिदा हुनेछ ।
सहिदभूमि गाउँपालिका ऐतिहासिक सहिदहरुको बलिदान र राई समुदायको मौलिक संस्कृति तथा परम्परासँग जोडिएको क्षेत्र हो । गाउँपालिकाले सहिदहरुको योगदानको सम्मान र स्थानीय मौलिक पर्वको संरक्षणका लागि हरेक वर्ष यस्ता अवसरमा बिदा दिंदै आएको छ ।
More politics
- इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावनाNepal Khabar
- राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar