राजनीतिRatopati
फ्रान्सलाई ३–१ ले हराउँदै इटाली समूहको शीर्ष स्थानमा
Read the full story at Ratopati

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पाँचौँ खेलमा इटालीले फ्रान्समाथि ३–१ गोलको पुनरागमन जित दर्ता गरेको छ । समूह 'ए' अन्तर्गत भएको खेलमा फ्रान्सले सुरुवातमै अग्रता लिएको थियो।
खेलको १० औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गर्दै इटालीले तीन गोल थप्यो। खेलको २६ औँ मिनेटमा पियो एस्पोसिटोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा इटालीले आफ्नो अग्रता बनायो। खेलको ६३ औँ मिनेटमा डेभिड फ्रात्तेसीले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ७५ औँ मिनेटमा पियो एस्पोसिटोले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीको ३–१ को जित सुनिश्चित भयो ।
More politics
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar
- सन्दीपको उत्कृष्ट प्रदर्शनमा विराटनगर विजयी, पोखराको प्लेअफ यात्रा समाप्तNepal Khabar
- गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइNepal Khabar