जनकपुरधाम रेल्वे सेवाको सुधार गर्न माग
Read the full story at Onlinekhabar (Nepali)

अभियानले रेल चढ्ने यात्रुको सहज आवागमन, प्लेटफर्मको दैनिक सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेको छ । १८ कात्तिक, जनकपुरधाम । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे मागपत्र बुझाएको छ ।
अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वमा जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै रेल सेवा थप व्यवस्थित र यात्रुमैत्री बनाउन माग गर्दै नेपाल रेल्वे कम्पनीकन प्रवन्धकलाई ज्ञापनपत्र बुझाइएको हो । नेपाल–भारत सरकारको संयुक्त पहलमा वि.स.१९९३ मा सुरु भएको जनकपुरधाम–जयनगर रेल सेवा विभिन्न कारणले बन्द भएको थियो । भारत सरकारको सहयोगमा रेल्वे सेवा स्तरोन्नति गरी २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको हो ।
अभियानले रेल चढ्ने यात्रुको सहज आवागमन, प्लेटफर्मको दैनिक सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय तथा खानेपानीको उचित व्यवस्थापन गर्न माग गरेको छ । त्यस्तै, रेल्वे स्टेसनमा रहेका भौतिक संरचनाको मर्मतसम्भार, विद्युतीय उपकरणको नियमित सञ्चालन, खाली जग्गालाई पार्क तथा बगैँचाका रूपमा विकास, हात बजारको व्यवस्थित सञ्चालन र सडक तथा छेकबारको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar