Skip to main content
स्वास्थ्यRatopati

मुटु उपचारमा राप्ती प्रतिष्ठानको उपलब्धि : असोजमा सात वटा अप्रेसन सफल

Read the full story at Ratopati

मुटु उपचारमा राप्ती प्रतिष्ठानको उपलब्धि : असोजमा सात वटा अप्रेसन सफल

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटु रोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानमा जिल्लामै पहिलो पटक मुटुको रक्तनलीसम्बन्धी उपचार सेवा सुरु भएपछि हृदयाघात भएका बिरामीले स्थानीयस्तरमै उपचार पाउने अवस्था बनेको छ । यसअघि मुटु रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो प्रतिष्ठानमा मुटुरोग उपचारका लागि क्याथ ल्याबसहित आवश्यक उपकरण उपलब्ध छन् ।

यस सेवाका लागि फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा‍.दिनेश उप्रेतीको नेतृत्वमा विशेषज्ञ टोली परिचालित छ । प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गर्न डा‍. उप्रेतीले नेतृत्व गरेका हुन्। प्रतिष्ठानका रजिस्ट्रार प्रा.श्याम लम्सालले कार्डियोलोजी अन्तर्गत मुटुरोगसम्बन्धी विभिन्न विशेषज्ञ उपचार सेवा प्रदान भइरहेको जानकारी दिए ।

उनले मुटु रोगको उपचारदेखि अप्रेसनसम्मको सेवा विस्तारलाई प्रतिष्ठानको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए। प्रतिष्ठानका अनुसार मुटु रोग उपचारका लागि छुट्टै ओपीडी सञ्चालनमा रहेको छ । उपचारका लागि आवश्यक उपकरण तथा विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकतामा राखिएको रजिस्ट्रार लम्सालले बताए। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै १९७ जना बिरामीले मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा लिएका छन् ।