परिवारका ६ सदस्य गुमाए, शोकले बिरामी परे अवधेश, डेढ वर्षीय छोरा पनि घाइते
Read the full story at Thaha Khabar

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनामा परिवारका ६ जना सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं बिरामी परेका छन्। घटनापछि विक्षिप्त उनको ब्लड प्रेसर घटेर स्वास्थ्यमा समस्या आएको छ। उनको अहिले हेटौंडा अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ। दुर्घटनामा उनले ३५ वर्षीया गर्भवती श्रीमती पुनमदेवी यादव, १० वर्षीया जेठी छोरी अनुकुमारी यादव, ७ वर्षीया माइली छोरी दीक्षा यादव, ५ वर्षीया कान्छी छोरी दीपिका यादव, २६ वर्षीय सहोदर भाइ विकेश यादव र २४ वर्षीय सहोदर भाइ सुबोध यादवलाई गुमाए।
दुर्घटनामा घाइते भएका अवधेशका डेढ वर्षका छोरा सुदीपको काठमाडौंमा उपचार भइरहेको छ। उनीहरू छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलस्थित घर फर्कंदै थिए। घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। अवधेश भने गाडीमा सिट नपाएपछि परिवारसँग आएका थिएनन्।
आफू अर्को दिन आउने भन्दै सबैलाई गाडी चढाएर उनी डेरामा फर्किएका थिए। तर, बिहान सबेरै दुर्घटनाको खबरपछि उनी हेटौंडा आइपुगेका थिए। आफूले घर पठाएकामध्ये एक जनामात्र जीवित रहेको खबर पाएयता उनी विक्षिप्त छन्।
More health
- Let him give list of judges with the BJP and who aren't: Calcutta High Court takes exception to Abhishek Banerjee's remarks on judiciaryThe Hindu
- मुटु उपचारमा राप्ती प्रतिष्ठानको उपलब्धि : असोजमा सात वटा अप्रेसन सफलRatopati
- दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्नाRatopati
- Who will inherit 007's licence to thrill? 'The world is not enough' in the hunt for James BondFrance 24
- स्वास्थ्यमा सुधारसँगै ‘केबीसी’मा अमिताभको धमाकेदार कमब्याकOnlinekhabar (Nepali)
- This one single habit at night was linked to a 20 to 30 per cent higher rate of fatty liver disease and cirrhosis in a US study of nearly 200,000 adults followed for decades by Oregon researchers.Times of India