दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?
Read the full story at Onlinekhabar (Nepali)

१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स । नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत बढ्यो भने अर्को हिमालयन रिको ११.४८ प्रतिशत बढ्यो । यी दुई कम्पनीको उच्च मूल्यवृद्धिकै कारण समग्र सेयर बजार जम्मा ०.०५ प्रतिशत मात्रै बढ्दा पनि अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनीको मूल्य एकाएक बढ्नुको मुख्य कारण हो- हकप्रद सेयर निष्कासन ।
अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमाको हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो । यसले अर्को कम्पनी हिमालयन रिइन्स्योरेन्सको पनि हकप्रद सेयर निष्कासन हुने निश्चित भएको छ । नियामक निकाय बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूका लागि २० अर्ब चुक्ता पूँजी तोकेको छ । हाल नेपाल पुनर्बीमाको चुक्ता पूँजी १३ अर्ब ४२ करोड छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ८६ करोड रुपैयाँ छ ।
२० अर्बका लागि नपुग रकम हकप्रद सेयरमार्फत कम्पनीहरूले जुटाउनुपर्नेछ । दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट सो चुक्ता पूँजी पुर्याउने निश्चित भएसँगै बुधबार यी कम्पनीमा आकर्षण देखिएको हो । नेपाल पुनर्बीमाको हाल मूल्य प्रतिकित्ता ९२१.७० र हिमालयन रिको ५३४ रुपैयाँ पुगेको छ ।
More business
- नवीकरणीय ऊर्जालाई निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्न ऊर्जामन्त्रीको आग्रहNepal Khabar
- समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ताNepal Khabar
- ‘कबड्डी’ का पाँचै भागको कमाइ ५८ करोड, कसले कति कमाए?Nepal Khabar
- शरणार्थी प्रकरणबाट चर्चामा आएका केसी ब्याची हटाएपछि बने आईजीपीNepal Khabar
- कञ्चनपुरमा स्कुटरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्युNepal Khabar
- In Asia, midterms spark worries about diplomatic uncertainty, economic pressureSouth China Morning Post