गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा
Read the full story at Onlinekhabar (Nepali)

चाडबाडमा गाउँभरि झिलिमिली र रमझम छ, तर कञ्चनपुरको निगालीमा भने गरिबीले तिहारको खुसी खोसेको छ । घरघरमा ताल्चा छन्, गाउँमा भएकाहरूलाई पनि बिहान–बेलुका चुलो कसरी बाल्ने भन्ने चिन्ता छ । २५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा तिहारको कुनै रौनक छैन । चारैतिर देउसी–भैलो र झिलिमिली छ, भाइटीका मनाइँदै छ । तर, यो बस्ती भने उराठलाग्दो देखिन्छ । गाउँका अधिकांश घरका ढोकामा ताल्चा झुण्डिएका छन् ।
आँगन सुनसान छन् । चाडपर्वका बेला झन् मन भारी हुने गरेको बस्तीकी चन्द्रा सुनार बताउँछिन् । उनको नाममा एक कट्ठा पनि जमिन छैन । काखमा दुई साना छोराछोरी छन् । गाउँघरमा अरूका छोराछोरीले नयाँ लुगा लगाएको देखेपछि उनका छोराछोरी पनि लुगा किनिदिन जिद्दी गर्छन् । तर चामल किन्ने पैसासमेत नभएको उनी बताउँछिन् । ‘काम खोजौं भने गाउँमा ज्याला मजदुरी पाइँदैन ।
खानलाउनै नपुगेपछि केको तिहार मनाउनु ? बालबच्चा नयाँ कपडा भन्छन्, मसँग अन्न छैन’, चन्द्रा भन्छिन्, ‘तिहार सकिनेबित्तिकै काम खोज्न भारत जान्छु । ’ निगालीमा इँटाले बनेका पक्की घर पनि छन् । तर, ती घरभित्र मान्छे भेटाउन मुस्किल पर्छ । स्थानीय रत्ना औजीका अनुसार एक–दुई कट्ठा जमिनले वर्षभरि खान पुग्दैन । त्यसैले पेट पाल्नकै लागि धेरैजसो घरमा ताल्चा लगाएर परिवारका सदस्य भारत गएका छन् । रत्नाका दुई छोरा पनि भारतमै छन् ।
More society
- थानीमाई मन्दिरमा एकै दिन पुगे ९१ डोलीNepal Khabar
- अमेरिकामा नेपाली मूलकी नर्स ममतालाई उनकै पति नरेशले मारेको अदालतको ठहरNepal Khabar
- कृषि पढेका युवाले तिहारमा बेचे ११ क्विन्टल फूलNepal Khabar
- बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउँनेको घुइँचो (तस्बिरहरू)Nepal Khabar
- रडले हानेर पत्नीको हत्या, पति पक्राउNepal Khabar
- वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटोफिचर)DC Nepal