आईजीपी हटाउन नहुने पक्षमा थिए रवि, तर मानेनन् बालेन, रास्वपामा बढ्यो असन्तुष्टि
Read the full story at Bizmandu
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने प्रधानमन्त्री बालेन्द्र शाहले निर्णय गर्नुअघिनै विमति जनाएको पाइएको छ। विवादित देखाएर कार्कीलाई हटाउन गृहमन्त्री सुधन गुरुङमार्फत शाहले गृहकार्य गरिरहेको थाहा पाएपछि लामिछानेले प्रधानमन्त्रीका सल्लाहकार असिम शाहमार्फत आरोपकै आधारमा हटाउन नहुने सन्देश पठाएका थिए।
उक्त सन्देश प्रधानमन्त्रीकहाँ पुगे/नपुगेको बारेमा समेत लामिछानेले पटक-पटक बुझेका थिए। प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको असिमको जवाफपछि लामिछाने तत्काल कार्कीलाई शाहले नहटाउने ढुक्क रहेको उनी निकट एक नेताले बताएका छन्। ‘अहिले हटाउने होइन प्रधानमन्त्रीले स्पष्टीकरणसम्म सोध्नुहोला कि भन्ने थियो। तर, उहाँले सभापतिले भनेको मान्नुभएन,’ उनले भने।
गृहमन्त्री गुरुङमार्फत शाहले दुई हप्ताअघि नै कार्कीलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न भनेपछि लामिछाने हटाउन नहुने पक्षमा लागेका थिए। तर, शाहले आइजीपी कार्कीले सरकारलाई सहयोग नगरेको, विभिन्न प्रकरणमा विवादित भएको, सरकारका गोप्य सूचना चुहाएको, सरकारका निर्णय कार्यान्वयन नगराएको लगायतका कारण देखाएर कारबाहीस्वरुप पदबाट हटाएर सुरक्षा सल्लाहकार बनाएका छन्। मंगलबारको मन्त्रिपरिषद्को बैठकमा कार्कीलाई हटाउनेबारे कुनै छलफल भएको थिएन।
More business
- न्यायाधीशलाई नै मेलमिलापकर्ता बनाउने सरकारको प्रस्तावमा सांसदहरूको असहमतिNepal Khabar
- बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षतिNepal Khabar
- निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्तNepal Khabar
- बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्तNepal Khabar
- हिजो आईजीपी फेर्दा एमालेका लागि सुखद रहेन, रास्वपा सरकारले पाठ सिकेन : शंकरThaha Khabar
- ओलीले खुम्च्याए शंकर पोखरेलको भूमिकाOnlinekhabar (Nepali)