Skip to main content
राजनीतिNagarik News

विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

Read the full story at Nagarik News

विन्टेज ‘लुक्स’ मा अनमोल र प्रिन्सी

चर्चित अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा झन्डै चार दशकअघिको विन्टेज अवतारमा दर्शकमाझ आउने भएका छन्। अभिनेता एवं निर्देशक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘बाटुलो जुन’ मार्फत उनीहरू सन् १९९० को दशकको पृष्ठभूमिमा फर्किएका हुन्। राजधानीको कमलपोखरीस्थित सिटी सेन्टरमा बुधबार आयोजित एक भव्य समारोहका बीच चलचित्रको ट्रेलर औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा चलचित्रका मुख्य जोडी अनमोल र प्रिन्सी ९० को दशकको पहिरन र शैलीमा उपस्थित भएका थिए।

कार्यक्रममा निर्देशक भुवन केसीले ‘बाटुलो जुन’ आजभन्दा करिब ३५ देखि ४० वर्षअघिको नेपाली ग्रामीण समाज, सम्बन्ध र तत्कालीन जीवनशैलीलाई पर्दामा उतार्ने एउटा प्रयास भएको बताए। कार्यक्रममा अभिनेता अनमोल केसीले आफ्नो चरित्रबारे खुलेर कुरा गरे। आफू नजन्मिँदैको समयको कथामा काम गर्न पाउनु आफ्ना लागि नौलो र चुनौतीपूर्ण अनुभव रहेको उनले सुनाए। ‘यो त्यो समयको कथा हो, जतिबेला म जन्मेको पनि थिइनँ।

करिब ३५-४० वर्षअघिको परिवेशमा मैले काजी अभिमान सिंह बस्नेतको भूमिका निर्वाह गरेको छु। कथामा म सहर गएर उच्च शिक्षा हासिल गरी आफ्नै गाउँका मानिसहरूलाई शिक्षित बनाउने सपना बोकेर फर्केको एक आदर्शवादी शिक्षकको रूपमा देखिनेछु।’ अनमोलले भने।