Skip to main content
समाजRatopati

चितुवाको छालासहित दुई जना पक्राउ

Read the full story at Ratopati

चितुवाको छालासहित दुई जना पक्राउ

कैलाली । कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका– ४ बाट बझाङको पाथिभेरा गाउँपालिका– ३ बस्ने ३६ वर्षीय अशोक धामी र कैलालीको टिकापुर नगरपालिका– ३ बस्ने ४७ वर्षीया सितादेवी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चितुवाको छालासहित दुवै जनालाई डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।