Skip to main content
समाजRatopati

मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ

Read the full story at Ratopati

मोरङमा २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत मोरङले दोषी ठहर भई फरार रहेका उनीहरूलाई विभिन्न स्थानबाट एकैदिन पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।