समाजNagarik News3 outlets covering
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
Read the full story at Nagarik News

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको राहदानी विभागका महानिर्देशक दीपक विश्वकर्माले जानकारी दिए ।
महानिर्देशक विश्वकर्माका अनुसार विभागले अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ। सेवाग्राहीलाई सार्वजनिक बिदाका कारण राहदानी सेवा लिन असुविधा नहोस् भन्ने उद्देश्यले पर्वका दिन पनि विभाग खुला राख्ने व्यवस्था गरिएको उनले बताए ।
छठ पर्व मनाउने आफ्ना कर्मचारीहरूलाई भने विभागले सोमबार बिदा दिएको छ ।
More society
- तिहारपछिको पहिलो कारोबारमा घट्यो नेप्से, ३ अर्बको किनबेचNepal Khabar
- Children’s Day 2026: Tamil Nadu CM Vijay launches distribution of cakes, greeting cards and sweet pongal to school studentsThe Hindu
- Najmul Hoda takes charge as Tambaram Police CommissionerThe Hindu
- मोरङमा २२ जना फरार प्रतिवादी पक्राउRatopati
- Govt extends holidays for Chhath festivalThe Rising Nepal
- NY appeals court upholds father's custody after mother's addiction treatmentTimes of India