गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण
Read the full story at Nagarik News

तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ। गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न वडामा २० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको हो। गाउँपालिकाभित्र आवश्यक पर्ने फूल स्थानीयस्तरमा उत्पादन गरी बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्ने, आयआर्जनका अवसर बढाउने र यहाँ उत्पादित फूलको उपयोग बढाउने लक्ष्य राखिएको उनको भनाइ छ।
श्रेष्ठका अनुसार चालु वर्ष विभिन्न वडामा गरी २० दशमलव पाँच रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ। सबैभन्दा बढी म्याग्दे गाउँपालिका-४ छिम्लीश्वारामा १६ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ। यहाँ चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सामूहिक रूपमा फूलखेती गरेको हो। त्यस्तै, सोही वडाका घन विक्रम आलेले दुई रोपनी क्षेत्रफलमा सयपत्री लगाएका छन्।
म्याग्दे गाउँपालिका-६ सिम्लेका सन्तोष श्रेष्ठले दुई रोपनी र वडा नम्बर ५ थाङ्दीकी सविना थापाले आधा रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएको छ। बजार पाएपछि फूलखेतीको क्षेत्रफल विस्तार हुँदै भएको किसान बताउँछन्।
More business
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- Nepal’s share market weathers political jittersKathmandu Post
- एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्नNepal Khabar
- लक्ष्मीपूजामा विद्युत्को ‘पिक लोड’ १८१३ मेगावाट, ५८७ मेगावाट विद्युत् भारत निर्यातNepal Khabar
- हामीले बिजुलीलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्छ: कुलमान घिसिङNepal Khabar
- राशिफल २३ कात्तिक : कर्कटले खानपानमा विचार पुर्याउनुपर्ने, मिथुनले आश्वासन दिनेको विश्वास नगर्नु बेस, तपाईँको दिन कस्तो?Nepal Khabar