Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

Read the full story at Onlinekhabar (Nepali)

यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह

द्विपक्षीय भेटमा नेपाल-यूएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो । २६ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निवर्तमान अध्यक्ष तथा आईएमई समूह अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

यूएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा यूएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । भेटमा उनीहरूबीच नेपाल-यूएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो ।

भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टर क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे । नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा (जलविद्युत्) र चिसो हावापानीका कारण सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए ।