ताइवानसँग चिनियाँ राष्ट्रपतिको आह्वान- शान्तिपूर्ण एकीकरण
Read the full story at Onlinekhabar (Nepali)

बिहीबार बेइजिङमा चिनियाँ क्रान्तिकारी नेता डा. सन यात–सेनको १६० औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै सीले ‘इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने’ भन्दै शान्तिपूर्ण एकीकरणमा आउन तइवानसँग आह्वान गरेका हुन् । सम्बोधन क्रममा सीले सैन्य बल प्रयोगबारे भने कुनै प्रत्यक्ष कुरा निकालेनन् । बिहीबारको सम्बोधनका क्रममा सीले ‘एक देश, दुई प्रणाली’ को स्वायत्तता मोडेललाई फेरि अघि सारे ।
यद्यपि बेइजिङले अघि सार्दैआएको यो प्रस्तावलाई ताइवानका कुनै पनि प्रमुख राजनीतिक दलले समर्थन गरेका छैनन् । यता सीले ताइवानसँगको एकीकरण चीनका लागि ‘अटल ऐतिहासिक मिसन’ भएको बताएका छन् । ‘इतिहासको प्रवाहलाई रोक्न सकिँदैन । मातृभूमिको पूर्ण पुनःएकीकरण हुनैपर्छ, र यो निश्चित रूपमा पूरा हुनेछ’, सीले भने ।
सीले चीन ‘शान्तिपूर्ण एकीकरण’प्रति प्रतिबद्ध रहेको पनि बताए । ‘ताइवान जलमार्गका दुवै किनार एउटै देश हुन् भन्ने एक चीन सिद्धान्तलाई कायम राख्दै ताइवानसँग वार्ता गर्न बेइजिङ तयार छ,’ उनले भने । ताइवानको मुख्यभूमि मामिला परिषद् (मेनल्यान्ड अफेयर्स काउन्सिल) ले न त सरकार न त ताइवानका जनताले नै ‘एक देश, दुई प्रणाली’ स्वीकार गर्नसक्ने बताएको छ । सीको अभिव्यक्ति स्वीकार गर्नु अन्ततः चिनियाँ कम्युनिस्ट पार्टीको अधिनायकवादी शासनसामु आत्मसमर्पण गर्नुसरह हुने उनको प्रतिक्रिया छ ।
More business
- व्यवसायी ढकाल र यूएईका वैदेशिक व्यापारमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी विस्तार गर्न आग्रहNepal Khabar
- कर्णालीको कप्तान परिवर्तन, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दैNepal Khabar
- कर्णालीले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्यNepal Khabar
- Nvidia CEO Jensen Huang steps down amid spy scandal and market lossAl Jazeera
- यूएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रहOnlinekhabar (Nepali)
- Faisal Islam: Why the UK economy is surprisingly resilientBBC