Skip to main content
राजनीतिRatopati

१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार

Read the full story at Ratopati

१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी र भरतपुर महानगरपालिकालाई जोड्ने नयाँ सडक खण्ड निर्माणको प्रक्रिया अघि बढेको छ। राष्ट्रिय मुद्दामा सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा रहेका विपक्षी दलहरूले अहिलेसम्म ठोस र साझा योजना सार्वजनिक गरेका छैनन् । भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव फेला परेको छ । घटनास्थलमा थप ३ शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

अमेरिकी सेमिकन्डक्टर कम्पनी ‘एनभिडिया’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको जासुसी विवादपछि अमेरिकाले चीनमाथि प्रविधि प्रतिबन्ध थप कडा बनाउन सक्ने आशंका चुलिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ घर भएका ३४ वर्षीय कृष्ण यादव सप्तरीमै हार्डवेयर चलाउँथे । हार्डवेयर चलाउँदा चलाउँदै उनी खैरो हेरोइनको ओसारपसार गर्न लागेपछि त्यसबाट निस्कनै सकेनन् । पिसाब तथा दिसा नियन्त्रण गर्न नसक्नेदेखि लिएर दीर्घकालीन शारीरिक दुखाइ र मानसिक आघातजस्ता स्वास्थ्य समस्यासँग बच्चा जन्माएको वर्षौँपछि पनि लाखौँ महिला निरन्तर संघर्ष गरिरहेका छन् ।

रूपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीका कृष्ण भट्टराई सामान्य किसान परिवारमा जन्मिएका हुन् । २०५१ सालमा जन्मिएका उनको बाल्यकाल अभाव र संघर्षबिच बित्यो ।