पहिला मिले, अहिले भिडे ! यङ र स्काउटको झगडाले तात्यो बिग बोसको घर
Read the full story at Onlinekhabar (Nepali)

शोका दुई प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच चर्काचर्की मात्रै होइन, धक्कामुक्की र हात हालाहालकै अवस्था सिर्जना भएको छ । निर्माताले सार्वजनिक गरेको नयाँ प्रोमोमा दुई मिल्ने साथीबीचको विवादले उग्र रूप लिएको देखिन्छ । प्रोमोमा यङ डीएसए कन्फेसन रुममा बसेर स्काउटसँग अब एउटै घरमा बस्न नसक्ने बताइरहेका छन् । प्रोमोमा दुवैबीचको वास्तविक हात हालाहाल भने देखाइएको छैन । तर, स्काउटलाई काजी तौकीरले पछाडि तानिरहेको र यङ डीएसएलाई गुल्लूले सम्हालिरहेको दृश्य देखिन्छ ।
यसक्रममा फिल्म ‘एनिमल’को गीतसमेत ब्याकग्राउन्डमा सुनिन्छ । एक प्रयोगकर्ताले ‘बिग बोसका पुराना अनुभवी सम्पादकहरू फर्किएछन्’ भन्दै प्रतिक्रिया दिएका छन् । अर्का प्रयोगकर्ताले ‘सम्पादकले दिवाली बोनस पाएजस्तो छ, त्यसैले यति राम्रो प्रोमो बनाएका छन्’ लेखेका छन् । केही दर्शकले पछिल्ला केही दिनदेखि यस्तै रोमाञ्चक प्रोमोको प्रतीक्षा गरिरहेको बताएका छन् । कतिपयले यसको सम्पादनले आफूलाई भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
यङ र स्काउटबीच झगडा हुनुको वास्तविक कारण भने प्रोमोमा खुलाइएको छैन । तर, रेडिटमा गरिएको एउटा पोस्टमा उनीहरूबीचको विवाद टर्चर टास्कका क्रममा सुरु भएको दाबी गरिएको छ । उक्त पोस्टअनुसार, टास्कका क्रममा उदिति रोबोट कुर्सीमा बसिरहेकी हुन्छिन् ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी गाडी दुर्घटना : मृतक १० मध्ये चालक मात्र चिनियो, घाइते ६ जनाकै परिचय खुल्योNepal Khabar
- विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११Nepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar