बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ
Read the full story at Onlinekhabar (Nepali)

अदालतहरूमा ‘सुटकेस बोक्नेहरूको जगजगी’ छ भनेर कुन प्रतिवेदनले देखाएको हो ? प्रश्नकर्ता सांसदले यसबारे केही खुलाएनन् । जवाफकर्ता प्रस्तावित न्यायाधीशले पनि थप जिज्ञासा राख्न आवश्यक ठानेनन् । बरु अदालतमा बिचौलियाको प्रभाव रहेको आशंकालाई बल पुग्ने गरी जवाफ दिए । २१ कात्तिक, काठमाडौं ।
‘अदालतहरूमा बिचौलिया र सुटकेस बोक्नेहरूको जगजगी छ भन्ने प्रतिवेदनहरूले नै देखाएका छन् । तपाईंको इजलास र सचिवालयलाई बिचौलियामुक्त राख्न तपाईंसँग के ठोस योजना छ ? यदि कोही बिचौलिया तपाईंको नजिक आउन खोजेमा उसलाई कानुनी कठघरामा उभ्याउने हिम्मत गर्नुहुन्छ ?’ शुक्रबार संसदीय सुनुवाइका क्रममा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चन्द्रबहादुर सारुलाई सोधिएको प्रश्न हो यो । प्रश्नकर्ता थिए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईं । अदालतहरूमा ‘सुटकेस बोक्नेहरूको जगजगी’ छ भनेर कुन प्रतिवेदनले देखाएको हो ?
प्रश्नकर्ता सांसदले यसबारे केही खुलाएनन् । जवाफकर्ता प्रस्तावित न्यायाधीश सारुले पनि प्रतिवेदनबारे थप जिज्ञासा राख्न आवश्यक ठानेनन् । बरु अदालतमा बिचौलियाको प्रभाव रहेको आशंकालाई बल पुग्ने गरी जवाफ दिए । २५ असोज २०८३ मा नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले इनम सापकोटालाई दिल्ली जान लाग्दा विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
More politics
- इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावनाNepal Khabar
- राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar