फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार
Read the full story at Nagarik News

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवामा मंसिर २ देखि आयोजना हुने तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलाअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको उपस्थितिमा बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष तथा तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला मूल समितिका संयोजक विजय साँवा लिम्बूका अनुसार मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
उक्त खेल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल हुनेछ । मंसिर ३ गते दुईवटा क्वार्टरफाइनल खेल सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो खेलमा पाँचथरको कुम्मायक गाउँपालिकाको टोलीले मिक्वाखोला गाउँपालिका–२, खोक्लिङस्थित खोक्लिङ सामाजिक युथ क्लबको सामना गर्नेछ ।
यो प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । मंसिर ४ गते हुने चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मेरिङदेन गाउँपालिकाको ग्रीनभ्याली युथ क्लब र धरानको मरिक एफसीबीच प्रतिस्पर्धा हुनेछ । मंसिर ५ गते सेमिफाइनलका दुई खेल सञ्चालन हुनेछन् भने मेलाको समापनका दिन मंसिर ६ गते फाइनल खेल आयोजना गरिने आयोजकले जनाएको छ ।
More sports
- ‘प्लेअफ’ सम्भावना कायम राख्न आज भिड्दै छन् यी ४ टोलीNepal Khabar
- जुवातास खेलेको आरोपमा ४४ जना पक्राउNepal Khabar
- त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्वीरहरू)Onlinekhabar (Nepali)
- ह्याट्रिकको खुसीमा सन्दीपको प्रतिक्रिया– व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जित ठूलोSetopati
- इर्फान पठान त्रिवि क्रिकेट मैदानमाSetopati
- England vs Croatia: UEFA Nations League – preview, team news, predictionsAl Jazeera