Skip to main content
राजनीतिSetopati

बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डा

Read the full story at Setopati

बालेनको भारत भ्रमण: २ अर्ब डलर सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेल र हवाई सम्पर्क मुख्य एजेन्डा

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण क्रममा नेपालले दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता, बुटवल–पोखरा द्रुतमार्ग निर्माण र नयाँ हवाई सम्पर्क विस्तारसहित विभिन्न प्रस्ताव अघि सारेको छ। अर्थ, वाणिज्य र परराष्ट्र मन्त्रालय स्रोतहरूका अनुसार नेपालले एक अर्ब डलर अनुदान र एक अर्ब डलर सहुलियतपूर्ण ऋण मागेको छ। भारतसँगको वाणिज्य सन्धि पुनरवलोकन, तेस्रो मुलुक व्यापारका लागि थप दुईवटा भारतीय बन्दरगाह प्रयोग गर्ने सुविधा, पेट्रोलियम तथा ग्यास पाइपलाइन निर्माण, भारतका केही प्रतिष्ठित शैक्षिक संस्थाका शाखा स्थापना र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा सहकार्यका प्रस्ताव पनि अघि सारिएका छन्।

त्यस्तै, जनकपुर-अयोध्या रेल सेवा सञ्चालनमा ल्याउनुका साथै जनकपुरबाट बर्दिबास हुँदै निजगढ र रक्सौलबाट वीरगन्ज, पथलैया हुँदै निजगढसम्म रेल्वे लाइन निर्माणको प्रस्ताव पनि गरिएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ (मंसिर ७ देखि ९) सम्म गर्ने तयारी छ। दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन्।

भ्रमण तयारीकै क्रममा नेपालले प्रस्ताव गरेका विषयमध्ये कतिपयमा प्रारम्भिक छलफल भइसकेको छ। केहीमा प्राविधिक तयारी अघि बढेको छ भने केहीमा प्रधानमन्त्रीको भ्रमणकै क्रममा समझदारी जुटाउने प्रयास भइरहेको स्रोतले बतायो।