Skip to main content
समाजOnlinekhabar (Nepali)

उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

Read the full story at Onlinekhabar (Nepali)

उत्तर भारतमा शाकाहारी, दक्षिणमा मांसाहारी : खानपान परम्परा कसरी फरक ?

दक्षिण भारतका धेरै ठाउँमा दीपावलीको बिहान मटन करी खाने परम्परा छ । दीपावलीलाई सामान्यतया उत्तर भारतको पर्व मानिए पनि समयक्रमसँगै यो दक्षिण भारतमा पनि लोकप्रिय पर्वका रूपमा स्थापित भएको छ । अहिले दक्षिण भारतमा पनि दीपावली ठूलो र महत्वपूर्ण पर्व बनिसकेको छ । यस्तोमा तमिलनाडुमा दीपावलीका दिन मटन करी खाने परम्परा कसरी सुरु भयो भन्ने विषय रोचक छ। तमिलनाडुका धेरै घरमा दीपावलीको बिहान इडलीसँग मटन वा कुखुराको मासुको झोल बनाएर खाने चलन छ । कतिपय घरमा दिउँसोको भोजनमा समेत मासुसहितको भात विशेष परिकारका रूपमा पकाइन्छ।

केही गाउँमा अर्को रोचक चलन पनि छ । आफन्त र परिवारका सदस्य मिलेर एउटा बोका किन्छन् । त्यसपछि त्यसको मासु आपसमा बाँडेर खान्छन्। यसलाई ‘पंगु गोस्त’ अर्थात् मासु बाँडेर खाने परम्परा भनिन्छ । पहिलो कथा रामायणसँग सम्बन्धित छ। यसअनुसार भगवान राम १४ वर्षको वनवास पूरा गरेर अयोध्या फर्किएका थिए ।

उनको स्वागतमा मानिसहरूले दीप प्रज्वलन गरेर उत्सव मनाएका थिए । त्यही दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको विश्वास गरिन्छ । दोस्रो कथा भगवान कृष्णसँग सम्बन्धित छ । यसअनुसार भगवान कृष्णले नरकासुर नामक राक्षसको वध गरेको दिनको सम्झनामा दीपावली मनाइन्छ । यस खुसीयालीमा मानिसहरूले पटाका पड्काउने, दीप बाल्ने र मिठाई बाँड्ने गर्छन् । तेस्रो कथा जैन धर्मसँग सम्बन्धित छ ।