Skip to main content
समाजOnlinekhabar (Nepali)

अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

Read the full story at Onlinekhabar (Nepali)

अहिले पनि झण्डै ९५ प्रतिशत फिल्महरू एउटै शैलीमा बनेका छन्

निर्देशक धिरज राजवंशी आफ्नो डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’ लिएर दर्शकमाझ यही मंसिर ४ गतेदेखि आउँदैछन् । अमेरिकाको लसएन्जल्समा फिल्म डिरेक्सन र प्रोड्युसिङ विषयमा अध्ययन गरेका उनले नेपाल फर्किएपछि फिल्म ‘खुस्मा’ मा चिफ एडी भएर काम गरे । यो फिल्मको सुटिङका लागि रुकुम पुगेपछि उनलाई ‘हिमालयन गोल्ड’ को बाटो खुलेको रहेछ । हिमालयन गोल्ड हिमाली भेगमा पाउने यार्सागुम्बा हो । यसलाई स्थानीयले हिमालयन गोल्ड भन्दा रहेछन् । हामीले फिल्म ‘हिमालयन गोल्ड’ मा रुकुम, डोल्पा, रोल्पा, मनाङको समुदाय यार्सागुम्बाको सिजनमा कसरी निर्भर हुन्छन् भन्ने कुरा देखाएका छौं ।

हाम्रो फिल्मले सन् १९९० ताकाको समयलाई देखाएको छ । जुन समयमा स्थानीयबासिन्दा यार्सागुम्बा टिप्न जाँदा सरकारी सुरक्षाको अभावमा लुटपाटमा पर्थे । जो जो मान्छे यार्सा गुम्बा टिप्न जान्थे, त्यो बेला लुटपाट धेरै हुन्थ्यो । त्यही कुरालाई फिल्ममा देखाएका छौं । मैले अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन र निर्माण विषयमा अध्ययन गरेको छु । त्यहाँ पढाई सकेपछि मलाई बस्न मन थिएन ।

त्यहाँ कामहरु पाए पनि त्यति सन्तुष्ट थिइनँ । त्यसपछि नेपाल फर्किने निर्णय लिएँ । नेपाल फर्किएपछि कस्तो कथामा फिल्म बनाउने भन्ने सोच दिमागमा चाहिँ थियो । नेपाली कथालाई ग्लोबल अडियन्समा देखाउनु पर्यो भने बाहिर नै लगेर देखाउँदा कुन चाहिँ नयाँ कथा देखाउन सकिन्छ भन्ने माइन्डसेट थियो ।