रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य
Read the full story at Onlinekhabar (Nepali)

रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । २३ कात्तिक, काठमाडौं । रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो ।
काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए । १३ रनमै २ विकेट गुमाएको अवस्थामा रासिदले विलियम बोसिस्टो र सहान अराचिगेसँग दुई महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । यसअघि लुम्बिनी विरुद्धको खेलमा अर्धशतक बनाएका अष्ट्रेलियन ब्याटर डेभिड वार्नर ६ बलमा जम्मा १ रनबनाएर आउट भए । अर्का ओपनर साहिल पटेल पनि ८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा काठमान्डुले ३.५ ओभरमा १३-२ को स्थितीमा थियो ।
तर रासिद खानले विलयम बोसिस्टोसँग मिलेर तेस्रो विकेटका लागसस ६२ रनको सझदारी गर्दै इनिङ्स सम्हाले । बोसिस्टो २२ बलमा २७ रन बनाएर दशौँ ओभरको तेस्रो बलमा आउट भए । त्यसपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । अराचिगेले २० बल खेल्दै ३ चौका र२ छक्का मदतमा ३३ रन बनाए ।
More environment
- काठमाडौंले चितवनलाई दियो १८१ रनको लक्ष्यNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- चीनमा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइतेNepal Khabar
- चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमाNepal Khabar
- Witnesses recount struggle to save people buried in ‘horrifying’ Gaza landslideThe Guardian
- Puducherry records ‘very poor’ air quality on Deepavali dayThe Hindu