पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी
Read the full story at Nagarik News

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ। जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो। गत सोमबार मात्रै पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालयले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगलाई नियन्त्रणमा विशेष गस्ती र निगरानी बढाएको नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। उनका अनुसार, चाडपर्वका बेला ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने अवस्था भएपछि प्रहरी प्रशासनको निगरानी र नियन्त्रण संयन्त्र कार्यलाई सक्रिय बनाएको छ। त्यस क्रममा प्रहरीले सीमा क्षेत्रदेखि ग्रामीण बस्तीसम्म निगरानी बढाएको छ।
प्रहरीले यसअघि पनि चाड पर्वमा पटाका र विस्फोटकजन्य सामग्रीबाट टाढा रहन पटकपटक अनुरोध गरेको थियो।
More society
- Students turn their school’s flower farm into a Tihar businessKathmandu Post
- आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदैNepal Khabar
- नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदैNepal Khabar
- तिहारको मैनबत्तीबाट आगो सल्कियो, ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा घर जलेर नष्टNepal Khabar
- ट्रम्पले एनभिडिया प्रमुख हुआङलाई सोधे- तपाईंले प्रेम गर्ने महिला जासुस हुन् भन्ने थाहा थिएन?Nepal Khabar
- कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लासNepal Khabar