इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत
Read the full story at Nagarik News

संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा खिलाराज राई (दीपक) र केशव राई, सचिवमा अमृत गिरी र प्रदीप कार्की तथा सहसचिवमा अनिता राई र सुरेश कार्की चयन भएका निर्वाचन समिति संयोजक महाप्रसाद आचार्यले जानकारी दिए।
जिल्ला नेतृत्वसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा विभिन्न समूह र समावेशी क्लस्टरका प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ। खुला पुरुषतर्फ भूपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेसल राई, दिलीप खत्री, नवराज राई, बसन्त राई, भीमकेशर राई र राकेश परियार महाधिवेशन प्रतिनिधि चयन भएका छन्। खुला महिलातर्फ हिरा गुरुङ, सरिता आङदेम्बे, देवी राई र शान्तिकला राई सर्वसम्मत चयन भएका छन्। ४० वर्षमुनिको खुला समूहबाट पुरुषतर्फ विकास श्रेष्ठ र महिलातर्फ इन्दिरा दाहाल चयन भएका छन्।
नवयुवा समूह (१८–२८ वर्ष)बाट पुरुषतर्फ हरिबहादुर थापा र महिलातर्फ स्मृति राई महाधिवेशन प्रतिनिधि बनेका छन्। समानुपातिक (समावेशी) समूहतर्फ देवेन्द्र बस्नेत, सन्तोष राई, मोहन राई, दुरेन्द्र राई, सुमन राई, कम्पसेर राई र सुनिता राई चयन भएका छन्।
More politics
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- शिक्षामन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने अडानमा डा. केसीNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar
- कांग्रेसले सरकारलाई भन्यो- भय र भ्रमको शासन बन्द गरNepal Khabar
- फैसला कार्यान्वयनमा निरीह राज्य- ३१ अर्ब जरिवाना र १ लाख ८ हजार वर्षभन्दा बढी कैद असुल गर्न बाँकीNepal Khabar
- ट्रम्पको पार्टीले चुनाव हारेपछि खुसियाली (तस्बिरहरू)Nepal Khabar