Skip to main content
राजनीतिRatopati3 outlets covering

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

Read the full story at Ratopati

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स (१० अङ्क) र लुम्बिनी लायन्स (९ अङ्क) ले शीर्ष चारमा आफ्नो स्थान लगभग पक्का गरिसकेका छन् भने जनकपुर बोल्ट्स (४ अङ्क), कर्णाली याक्स (अधिकतम ६ अङ्क) र पोखरा एभेन्जर्स (अधिकतम ४ अङ्क) उपाधि दौडबाट बाहिरिसकेका छन् ।

यस्तोमा प्लेअफको बाँकी दुई स्थानका लागि तेस्रो स्थानको काठमाडौँ गोर्खाज (८ अङ्क), चौथो स्थानको चितवन राइनोज (७ अङ्क) र पाँचौँ स्थानको विराटनगर किङ्स (६ अङ्क) बीच कडा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको विराटनगर किङ्सका लागि शीर्ष चारको यात्रा सहज नभए पनि असम्भव भने छैन । अब बाँकी रहेका लिगका अन्तिम ३ खेलको नतिजाले विराटनगरको भाग्य फैसला गर्नेछ । विराटनगरले हालसम्म खेलेका ६ खेलमा ३ जित र ३ हारसहित ६ अङ्क जोडेको छ ।

उसको नेट रनरेट –०.५२४ रहेको छ । लिग चरणमा अब तीन खेल मात्र बाँकी छन् । जसमध्ये शनिबार दिउँसो ४ः३० बजे विराटनगर किङ्स विरुद्ध लुम्बिनी लायन्स, आइतबार दिउँसो १२ः३० बजे चितवन राइनोज विरुद्ध कर्णाली याक्स र सोही दिन ४ः३० बजे काठमाडौँ गोर्खाज विरुद्ध पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।