Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

Read the full story at Onlinekhabar (Nepali)

प्रस्तावित न्यायाधीशलाई प्रश्न : एउटै भुटानी शरणार्थी प्रकरणमा फरक राय किन ?

२० कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेलाई भुटानी शरणार्थी प्रकरणमा एउटै मुद्दामा फरक राय आएको विषयमा प्रश्न गरेकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा अर्यालले एउटै मुद्दामा दुई न्यायाधीशबीच फरक राय आएको प्रसंग उठाउँदै न्यायिक निर्णयमा एकरूपता, निष्पक्षता र जवाफदेहिताबारे स्पष्ट पार्न पाण्डेसँग आग्रह गरेकी हुन् ।

भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ असुलिएको थियो । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूमाथि अभियोग लागेको थियो । उक्त प्रकरणमा उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले २०८० मंसिरमा थुनछेकसम्बन्धी आदेश दिएको थियो ।

त्यसक्रममा पूर्वगृहमन्त्री खाणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा दुई न्यायाधीशबीच राय बाझिएको थियो । पाण्डेले खाणको प्रत्यक्ष संलग्नता नदेखिएको, उनीविरुद्ध किटानी जाहेरी नपरेको र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबाहेक अन्य प्रतिवादीले उनको नाम नपोलेको आधारमा ३० लाख रुपैयाँ धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए ।