Skip to main content
राजनीतिRatopati

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

Read the full story at Ratopati

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । खामादिङ खोलामाथि बाह्रबिसे नगरपालिका–१ घुङ्गा र त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली–लप्से जोड्ने पुल निर्माण भएपछि दुवै पालिकाका स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–१ का वडाध्यक्ष आङ्दोर्जे शेर्पाका अनुसार पुल निर्माणअघि वर्षायाममा बाढी, पहिरो र खोलामा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावत गर्न कठिनाइ हुने गरेको थियो । विशेषगरी विद्यालय जाने विद्यार्थी बढी प्रभावित हुने गरेका थिए । “यस क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी मात्र नभई विभिन्न स्थानबाट आउने मानिसलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो”, उनले भने, “पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।

” पुल नहुँदा बजार जानसमेत लामो र अप्ठ्यारो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय रमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिले डेढ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था रहेकामा पुल बनेपछि आवतजावत सहज भएको छ । पुलले स्थानीयको दैनिक आवतजावत सहज बनाउनुका साथै दुई पालिकाबीचको सम्पर्कसमेत बलियो बनाएको छ ।