Skip to main content
राजनीतिBizmandu

परराष्ट्र मन्त्री खनाल र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

Read the full story at Bizmandu

काठमाडौं। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा तुर्कीए अन्ताल्यामा उनीहरुबीच द्विपक्षीय भेटवार्ता भएको हो।

भेटका क्रममा मन्त्री खनालले हालैको जलवायुजन्य भोटेकोशी बाढीपछि नेपालप्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा महासचिव गुटेरेसप्रति हार्दिक आभार व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघको नेतृत्व गर्दै बहुपक्षीयता , विश्व शान्ति , मानवीय गरिमा र दिगो विकासका लागि महासचिवले पुर्‍याएको योगदानको प्रशंसा गरे। भेटका अवसरमा महासचिव गुटेरेसले शान्ति स्थापना मिसनमा सेना तथा प्रहरी पठाउने प्रमुख राष्ट्रका रूपमा नेपालले विश्व शान्ति र स्थायित्वमा पुर्‍याउँदै आएको महत्त्वपूर्ण योगदानको सराहना गरे।

भेटमा दुवै पक्षबीच नेपालको पुनःस्थापना तथा पुनर्निर्माण प्रयास , विश्वव्यापी शासन प्रणालीमा सुधारको आवश्यकता , बहुप्रकोप पूर्वसूचना प्रणाली , जलवायु वित्तमा वृद्धि तथा जलवायु कार्यका विषयमा समेत विचार आदानप्रदान भएको थियो। उक्त भेटमा क्षेत्रीय तथा विश्वव्यापी महत्त्वका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रयासलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो।