शशांक कोइरालाले भने- गगन थापालाई गाली नगरौं, उनको आफैं महत्त्व घट्छ
Read the full story at Onlinekhabar (Nepali)

कोइरालाले प्रश्न गर्दै भने, ‘तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा गर्यो भने उसको महत्व बढ्छ । ’ २१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाको महत्व बढाउने काम नगर्न आग्रह गरेका छन् ।
देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सभापति थापालाई गाली गरेर महत्व महत्व नबढाउन आग्रह गरेका हुन् । ‘अरुलाई कुरुप हेरेर आफू सुन्दर हुँदैन । हामीले गगन थापाजीलाई किन यति महत्व दिन्छौं ?,’ संयोजक कोइरालाले प्रश्न गर्दै भने, ‘तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा गर्यो भने उसको महत्व बढ्छ । ’ चलचित्रमा नायकले भिलेनसँग कारकाट गरेको दृष्य स्मरण गर्दै उनले देउवा पक्षीय नेता–कार्यकर्ताहरूले थापालाई भिलेनका रुपमा देखेको टिप्पणी पनि गरे ।
थापा नभएर भिलेन गरिबी, अशिक्षा, बेरोजगारी भएको कोइरालाको भनाइ थियो । ‘हामी पनि कोही भिलेन खोजी रहेका छौं, त्यो भिलेन हामीले गगन थापालाई देख्यौं,’ संयोजक कोइरालाले भने, ‘तर, त्यो हाम्रो भिलेन होइन । हाम्रो भिलेन भनेको यहाँको गरिबी, अशिक्षा, बेरोजगारी हो । ’ ‘अधिवेशनले भविश्यलाई उजागर गर्छ ।
More politics
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar