Skip to main content
समाजNagarik News

सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

Read the full story at Nagarik News

सुनसरी–मोरङको सीमा इटहरीस्थित बुढीगंगा–जमुना मुक्तिधाममा छठ पर्व मनाउने तयारी तीव्र पारिएको छ । छठ पर्व सेवा समितिले मंगलबार पत्रकार सम्मेलन गरी यस वर्षको छठ पूजाको तयारी तीब्र पारिएको जनाएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका र मोरङको सुन्दरहरैँचा नगरपालिकाका बासिन्दाले मनाउने छठ पर्वले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रतीकका रूपमा पहिचान बनाउँदै गएको समितिले जनाएको छ । समितिका अनुसार इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ ।

त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो । छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई संस्थागत गर्न मुक्तिधाममा मन्दिर निर्माणसमेत गरिएको छ । छठ पर्वका अवसरमा देशका विभिन्न जिल्ला तथा पालिकाबाट समेत श्रद्धालु भक्तजनहरुले घाट बुकिङ् गरिरहेको आयोजक समितिका अध्यक्ष बासुदेव कर्णले बताए । उनका अनुसार ६५० भन्दा बढी पूजा घाट निर्माण गरिएको छ ।

पूजा घाट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पाँच दिनसम्म मनाइने पर्वको पहिलो दिन कात्तिक २६ गते बिहीबार व्रतालुहरूले लसुन, प्याज, कोदो र मुसुरोको दाल नखाई शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। दोस्रो दिन कात्तिक २७ गते नजिकैको नदी, पोखरी, नहर, खोला वा जलाशयमा नुहाएपछि प्रसादका रूपमा तयार पारिएको मौसमी तरकारी र अरवा चामलको भात खाने चलन छ। यस दिनलाई ‘नहाय खाय’ भनिन्छ।