पन्जाब विधानसभा चुनाव : आम आदमी पार्टीद्वारा उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक
Read the full story at Ratopati

पन्जाब । आम आदमी पार्टी (आप) ले बिहीबार सन् २०२७ को पन्जाब विधानसभा चुनावको लागि ३१ उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेको छ । आम आदमी पार्टीका केन्द्रीय सचिव पंकजकुमार गुप्ताले सो कुराको जानकारी दिएका छन् । पार्टीको राजनीतिक मामिला समितिको बैठकपछि उनले उम्मेदवारहरूको दोस्रो सूची सार्वजनिक गरेका हुन् ।
यसअघि, पार्टीले अक्टोबर ३१, २०२६ मा ४० उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गरेको थियो। दोस्रो सूची सार्वजनिक भएसँगै आपले अब पन्जाबको ११७ विधानसभा सिटहरूमध्ये ७१ वटाका लागि आफ्ना उम्मेदवारहरूको घोषणा गरेको छ। पार्टीले दुई जना वर्तमान लोकसभा सांसदहरूलाई पनि चुनावी मैदानमा उतारेको छ। सूची अनुसार संगरूरका सांसद गुरमीत सिंह मीत हेयरलाई बर्नाला सिटको लागि मनोनयन गरिएको छ भने डा.
राजकुमार चब्बेवाललाई पनि विधानसभा चुनावको लागि टिकट दिइएको छ। त्यस्तै, हरमित सिंह सन्धुलाई तरणतारन सिटको लागि मनोनयन गरिएको छ भने ब्रह्मशंकर शर्मा जिम्पा होशियारपुर सिटबाट चुनाव लड्न मनोनयन गरिएको छ ।
More politics
- सन्दीपले ६ विकेट लिँदा १३२ रनमै समेटियो पोखराNepal Khabar
- एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेटNepal Khabar
- भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु, पाँच जना एकै परिवारकाNepal Khabar
- बनेपामा दुई बस ठोक्किँदा २५ यात्रु घाइतेNepal Khabar
- बालेनको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुने भारतीय मन्त्रीको दाबीNepal Khabar
- भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठनNepal Khabar