Skip to main content
वातावरणSetopati2 outlets covering

चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्त

Read the full story at Setopati

चितवनको जितले २ टोली बाहिरिए, प्लेअफको बाँकी २ स्थानका लागि ३ टोलीको भिडन्त

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। चितवनको जितसँगै जनकपुर र कर्णाली याक्सको प्लेअफ सम्भावना समाप्त भएको छ। यसअघि पोखरा एभेन्जर्स पनि प्लेअफ दौडबाट बाहिरिसकेको थियो। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए। उनले ३९ बलमा १ छक्का प्रहार गरे।

कमिल मिश्राले ६ बलमा १२, रवि बोपाराले १६ बलमा १३ तथा कुशल मल्लले २५ बलमा १५ रन बनाए। कमल ऐरी १० बलमा ७ रन जोड्दै अविजित रहे। चितवनको सुरुवात भने राम्रो हुन सकेन। पहिलो ओभरको दोस्रो बलमै अर्जुन साउद खाता नखोली आउट भए। कमिल मिश्राले आक्रामक ब्याटिङ गर्दै ६ बलमा १२ रन बनाए पनि चौथो ओभरमा आउट भए। त्यसपछि रवि बोपारा १३ रनमा र कप्तान सिकन्दर राजा शून्यमा आउट हुँदा चितवन ४.३ ओभरमा २८/४ को अवस्थामा पुगेको थियो।

विवेक यादव पनि ७ रन बनाएर पाँचौं विकेटका रूपमा आउट भएपछि चितवन ५.४ ओभरमा ३७/५ को कठिन अवस्थामा पुगेको थियो। तर डेविड मलान र कुशल मल्लले छैटौं विकेटका लागि ३० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे।