ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने
Read the full story at Nagarik News
.jpg&w=1920&q=70)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बीबीसीले गरेको आग्रह अस्वीकार गरेपछि ट्रम्पको मानहानिसम्बन्धी दाबीमाथि सुनुवाइको बाटो खुलेको हो । ट्रम्पले सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणअघि दिएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाएका छन् । उक्त सम्पादनका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गर्दै उनले बिबिसीसँग कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।
सङ्घीय न्यायाधीश जेफ्री टी कुन्जले ट्रम्पको मानहानिसम्बन्धी दाबीलाई अघि बढाउन अनुमति दिए । तर, फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गत गरिएको दाबी भने खारेज गरेका छन् । बिबिसीले विवादित वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ । यद्यपि, त्यसबाट ट्रम्पलाई वास्तविक क्षति पुगेको भन्ने दाबीलाई संस्थाले अस्वीकार गर्दै आएको छ ।
अदालतको निर्णयपछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ को संज्ञा दिए । उनले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध आफूले लडाइँ जारी राख्ने बताए । यसअघि अदालतले ट्रम्पलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो ।
More politics
- मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने किशोरको मृत्यु, चालक गम्भीर घाइतेNepal Khabar
- उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइतेNepal Khabar
- भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाहNepal Khabar
- आज महागुरु फाल्गुनन्दको १४१औँ जन्मोत्सव, कोसी सरकारले प्रदेश भाषा दिवसको रूपमा मनाउनेNepal Khabar
- फाल्गुनन्दको मार्गनिर्देशले सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेलNepal Khabar
- सवारी दुर्घटना: ९ जनाको मृत्यु, २७७ घाइते (मृतकको नामावली)Nepal Khabar