Skip to main content
राजनीतिSetopati

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

Read the full story at Setopati

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्। उक्त चित्रकलाको गर्भकथा: आज भाइटीकाको दिन दाजुभाइ, दिदीबहिनी नहुनेहरू राजा प्रताप मल्लले बनाएको रानीपोखरी बालगोपालेश्वर मन्दिर दर्शन गरेर आफ्नो न्यास्रो मेट्छन्। प्रताप मल्लले आफ्ना तेह्रवर्षे पुत्र चक्रवर्तिन्द्र मल्लको मृत्युशोकमा परेकी रानी अनन्तप्रियाको चित्त बुझाउन यो पोखरी निर्माण गराएको इतिहास छ।

रानीलाई कसैगरी सम्झाउन नसकेपछि संसारका सबैले मृत्युशोक बेहोरेका छन् भन्ने बुझाउन उनले सुरू गराएको गाईजात्रा पनि हाम्रो संस्कृतिको महत्त्वपूर्ण अंग बनेको छ। कुनै पनि चित्र बनाउँदा म पहिला त्यस विषयसँग सम्बन्धित ऐतिहासिक पुस्तकहरू अध्ययन गर्छु। ऐतिहासिक तथ्यबारे जानकारी प्राप्त गरेपछि म आफूलाई त्यही घटनाको परिवेशमा पुर्‍याउँछु र आफू पनि त्यसको हिस्सा भएको अनुभूति गर्छु। त्यसपछि मेरो चित्रमा पात्रहरू अनेक हाउभाउका साथ थुपुथुपु बस्न थाल्छन्, मैले त ब्रस चलाउने मात्र हो।

रानीपोखरीको चित्र बनाउँदा पनि मैले आफूलाई प्रताप मल्लको एक विश्वासिलो निजी सहयोगी बनेको र सारा घटनाक्रमको साक्षी भएको अनुभूति गर्न थालेको थिएँ। त्यसपछि चित्रमा उल्लिखित दृश्य क्रमशः खुल्दै गए।