Skip to main content
खेलकुदSetopati

पोखराले गर्‍यो तीन र कर्णालीले दुई खेलाडी परिवर्तन

Read the full story at Setopati

पोखराले गर्‍यो तीन र कर्णालीले दुई खेलाडी परिवर्तन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा टस जितेर पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कर्णालीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। युनिश सिंह ठकुरी र हुसेन तलतको स्थानमा युवराज खत्री र जिशान आलमले मौका पाएका छन्।

यता पोखराले भने तीन खेलाडी परिवर्तन गरेको छ। सागर ढकाल, सुदिप अर्याल र सदीरा समराविक्रमाको स्थानमा सन्नी बिक, विवेक राना मगर र धनञ्जय लक्षणले टोलीमा स्थान बनाएका छन्। अंक तालिकामा कर्णाली चार खेलबाट चार अंक जोड्दै छैटौं स्थानमा छ।

लगातार खराब प्रदर्शन गरिरहेको पोखरा भने पाँचौं खेल खेल्न मैदान उत्रँदा अंकविहीन रहँदै तालिकाको पुछारमा छ। आजको खेल पोखराका लागि प्रतियोगितामा पहिलो जितको खोजी हुनेछ भने कर्णाली आफ्नो अंक बढाउँदै तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ।