Skip to main content
खेलकुदOnlinekhabar (Nepali)

पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

Read the full story at Onlinekhabar (Nepali)

पोखरा एभेन्जर्सको ‘सेन्चुरी क्लब’, चारमध्ये तीन शतक पोखराकै खेलाडीको नाममा

एनपीएलको तेस्रो संस्करण चलिरहँदा हरेक सिजन शतक हान्ने खेलाडी पोखरा एभेन्जर्सकै छन् । एनपीएल इतिहासमा प्रहार भएका चार शतकमध्ये तीन शतक पोखरा एभेन्जर्सका खेलाडीले बनाएका छन् । २३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शतक जब प्रहार गर्ने खेलाडीको नाम आउँछ त्यसमा सबैभन्दा अगाडि आउने टिम पोखरा एभेन्जर्स हो । एनपीएलमा पोखरा एभेन्जर्सले एउटा विशेष कीर्तिमान बनाएको छ ।

एनपीएलको तेस्रो संस्करण चलिरहँदा हरेक सिजन शतक हान्ने खेलाडी पोखरा एभेन्जर्सकै छन् । एनपीएल इतिहासमा प्रहार भएका चार शतकमध्ये तीन शतक पोखरा एभेन्जर्सका खेलाडीले बनाएका छन् । अहिले भइरहेको एनपीएलको तेस्रो सिजनमा पोखराले सुरुवाती चार खेलमा लगातार हार बेहोरेको थियो । तर सोमबार कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका क्यानडेली ओपनर युवराज सिंह सम्राले शतक प्रहार गर्दै पोखरालाई यस सिजनको पहिलो जित दिलाउन मद्दत गरे । साथै उनी एनपीएलको सेन्चुरी क्लब समावेश हुने पोखरा एभेन्जर्सको तेस्रो र समग्रमा चौथो खेलाडी बने ।

एनपीएलको तेस्रो सिजनमा पहिलो शतक प्रहार गर्ने क्रममा सम्राले ४५ बलमा शतक पूरा गरे । उनले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए । उनको आक्रामक ब्याटिङ मद्दतमा पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । यस सिजन २०० रन कटाउने पनि पोखरा पहिलो टोली बन्यो ।