सामुदायिक विद्यालयको जग्गा खोज्दै सरकार, विवरण बुझाउन दुई महिने अल्टिमेटम
Read the full story at Nagarik News

सरकारले सामुदायिक विद्यालयको जग्गा तथा सम्पत्तिको संरक्षण गर्न देशव्यापी अभियान सुरु गरेको छ। विद्यालयको नाममा रहेका, भोगचलन भइरहेका वा अन्य निकायको नियन्त्रणमा रहेका जग्गाको वास्तविक अवस्था पहिचान गरी अतिक्रमण रोक्ने उद्देश्यले अभियान अघि बढाइएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार यसका लागि शिक्षा विभागमार्फत देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई परिपत्र गरिसकिएको छ।
अब सबै सामुदायिक विद्यालयले आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण जग्गाको विवरण दुई महिनाभित्र एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) मा अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ। विद्यालयले जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातसहितको स्पष्ट विवरण बुझाउनुपर्नेछ। सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयसँग पर्याप्त जग्गा छैन भने केही विद्यालयको जग्गा अन्य सरकारी निकाय वा संस्थाको नाममा रहेको र तिनकै नियन्त्रणमा रहेको गुनासोसमेत आएको छ।
विवरण संकलनका क्रममा कुनै विद्यालयको आफ्नै नाममा जग्गा नभएको वा जग्गा अन्य निकायको नाममा रहेको पाइएमा आवश्यक निर्णय गरेर विद्यालयकै नाममा जग्गाधनी पुर्जा उपलब्ध गराइने सचिवालयले जनाएको छ।
More politics
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar