कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्।
स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई उनीहरूले मुख्य प्राथमिकतामा राखेका छन्। टर्किएको अन्ताल्यामा जारी सम्मेलनको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिल, कोप–३१ का अध्यक्ष मुरात कुरुम र वार्ता अध्यक्ष क्रिस बोवेनले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर चुनौती बनिसकेको भन्दै प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्यको आह्वान गरे।
कोप–३१ का अध्यक्ष तथा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले जलवायु परिवर्तन अब ऊर्जा, उद्योग, कृषि र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको बताए। सन् २०२४ मा विश्वको औसत तापक्रम औद्योगिक युगपूर्वको तुलनामा १.५ डिग्री सेल्सियसभन्दा बढी पुगेको तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘नेपालमा आएको विनाशकारी बाढीपहिरो, पाकिस्तानको बाढी र प्रशान्त क्षेत्रका टापु राष्ट्रमा बढ्दो समुद्री सतहले जलवायु सङ्कट कति गम्भीर छ भन्ने स्पष्ट देखाएको छ।
More environment
- नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथNepal Khabar
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावनाNagarik News
- पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्काDC Nepal
- भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्योNagarik News
- ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’Thaha Khabar