सूर्याेदयमा सुरु भयो भूमि र नापी सेवा
Read the full story at Nagarik News

सूर्याेदय नगरपालिकामामा भूमि प्रशासन र नापी सेवा सुरु भएको छ । संघीय सरकारले सबै पालिकामा भूमि र नापीसम्बन्धी सेवा विस्तार गर्ने योजनाअनुसार सूर्याेदयमा पनि सेवा सुरु भएको हो । नगरको भूमि प्रशासन तथा नापी शाखाबाट पहिलो चरणका १० काम हुनेछन् ।
राजीनामा, हकहिस्सा राजीनामा, दर्ताफारी, सगोलनामा, हकछोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह र पालिकाभित्रै सट्टपट्टा हुने जग्गाको काम शाखाबाट हुने भूमि प्रशासन शाखा प्रमुख सुवर्ण ढकालले बताए । शाखामा अधिकृत ढकालसहित ६ कर्मचारीको टोली छ भने नापी अधिकृत सागर सिंहको नेतृत्वमा ३ प्राविधिक छन् । ‘जिल्लामा रहेको कागजी ढड्डाको रेकर्ड यहाँ नहुने भएकाले कारोबार गरिने जग्गाको धनीपुर्जा चाहिँ डिजिटलाइज्ड भइसकेको हुनुपर्छ,’ उनले भने, ‘कसैको धनीपुर्जा डिजिटलाइज्ड हुन बाँकी छ भने यहाँको भू–सेवामा आएर डिजिटलका लागि निवेदन बनाइ जग्गाधनीले जिल्लास्थित भूमि प्रशासन कार्यालय जानुपर्ने हुन्छ ।
त्यहाँ डिजिटल धनीपुर्जा बनिसकेपछि तोकिएका सबै काम यहींबाट हुन्छन् । ’ धनीपुर्जा डिजिटलाइज्ड गर्न चाहिँ डिजिटल औंठाछाप, डिजिटल फोटोलगायत विवरण चाहिने भएकाले सम्बन्धित जग्गाधनी जिल्लास्थित कार्यालय जानुपर्ने उनको भनाइ छ ।
More politics
- पत्रकार धरपकड र मिडिया काउन्सिल विधेयकबारे छलफल गर्दै महासंघNepal Khabar
- ऊर्जामन्त्री श्रेष्ठसँग भारतका विदेश सचिवको भेट, द्विदेशीय ऊर्जा सहकार्यबारे छलफलNepal Khabar
- विषयगत समितिका सभापतिहरूसँग सभामुखले गरे छलफलNepal Khabar
- नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिकNepal Khabar
- आईजीपी नियुक्तिबारे ओली: भनेको मान्छन् भनेर नयाँ नियुक्ति गरेको होलाNepal Khabar
- फिर्ता भयो त्रिविको सात सय रोपनी जग्गाNepal Khabar