Skip to main content
राजनीतिNagarik News

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

Read the full story at Nagarik News

गाजामा पानीले भरिए टेन्ट र आश्रयस्थल, हजारौं परिवारको बिचल्ली

वर्षाका कारण हजारौं परिवारका आश्रयस्थलमा क्षति पुगेको छ भने कतिपय परिवार फेरि विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघ र विभिन्न सहायता संस्था प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा जुटेका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार नोभेम्बर ६ देखि परेको भारी वर्षा र तीव्र हावाले गाजाका पाँचवटै प्रशासनिक क्षेत्रमा बाढी निम्त्याएको छ। वर्षाले विस्थापनस्थल, अस्थायी आश्रयस्थल, स्वास्थ्य संस्था र अन्य आधारभूत सेवामा असर पारेको छ। नोभेम्बर ८ सम्म २६ हजारभन्दा बढी परिवारले आफ्नो आश्रयस्थल वा सामानमा क्षति पुगेको भन्दै सहयोग मागेका छन्।

प्रारम्भिक विवरणअनुसार ६ हजारभन्दा बढी पारिवारिक आश्रयस्थल पूर्ण रूपमा नष्ट भएका छन् भने १७ हजार ४०० भन्दा बढीमा क्षति पुगेको छ। ३ हजार ९०० भन्दा बढी परिवारसँग अहिले बस्नका लागि आश्रयस्थलसमेत नरहेको ओसीएचएले जनाएको छ। वर्षाका कारण कम्तीमा ६०० परिवार फेरि विस्थापित भएका छन्। कतिपय स्थानमा पानीको सतह १.५ मिटरसम्म पुगेको बताइएको छ। बाढीले टेन्टभित्र राखिएका ओछ्यान, कपडा, कम्बल र अन्य सामान भिजेका छन्।

वर्षासँगै भएको अर्को घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। ओसीएचएका अनुसार मध्य गाजाको अल बर्का जलाशय नजिक बालुवाको पहाड खसेर टेन्ट पुरिँदा तीन बालबालिका र दुई महिलाको मृत्यु भएको हो। घटनामा एक जना घाइते भएका छन्।